कोरोनाबाट वीपीमा १४ वर्षीय बालकसहित २ जनाको मृत्यु

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा १४ वर्षीय बालकसहित २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिष्ठानका अनुसार मृत्यु हुने धरान १२ की ७८ वर्षीया एक महिला हुन् भने अर्का उदयपुरको कटारीका १४ वर्षीय बालक छन्। प्रतिष्ठानका सहप्रवक्ता डा।आशिष श्रेष्ठका अनुसार धरानकी वृद्धाको हिजो राती ११ बजे मृत्यु भएको हो। ती महिलालाई हिजो नै कोरोना संक्रमण पुष्टि भएको थियो भने सोही दिननै प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको सहप्रवक्ता डा.श्रेष्ठले बताए।

यसैगरि, उदयपुरको कटारी नगरपालिकाका बालकको उपचारको क्रममा आज बिहान ९ बजेर ५० मिनेटमा निधन भएको प्रतिष्ठानले जनाएको छ। सहप्रवक्ता डा.श्रेष्ठका अनुसार उनलाई नोबेल अस्पतालबाट रिफर भएर आएका थिए। ती बालकलाई कार्तिक १६ गते वीपीको कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानले जनाएको छ। उनलाई कार्तिक १२ गते संक्रमण पुष्टि भएको थियो। दुवैको शवलाई नियम अनुसार व्यवस्थापन भइरहेको सहप्रवक्ता डा।श्रेष्ठले जानकारी दिए।nagariknews.nagariknetwork बाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार