कोरोना महामारी व्यवस्थापनमा म्याग्दीको मंगला गाउँपालिका सहित गण्डकीका ११ स्थानीय तह उत्कृष्ट

बेनी । म्याग्दीको मंगला गाउँपालिका सहित गण्डकी प्रदेशका ११ स्थनाीय तह कोरोना महामारीको व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने स्थानीयतहको सूचीमा परेका छन् ।स्वास्थ्य निर्देशनालय पोखराले ११ जिल्लाबाट एक÷एक वटा स्थानीय तहलाई महामारी व्यवस्थापनमा उत्कृष्ट कार्य गर्नेको सूचिमा समावेश गरेको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले महामारी व्यवस्थापनमा उत्कृष्ट काम गर्ने स्थानीय तहको सूची माग गरेपछि विभिन्न कामको आधारमा ११ वटा स्थानीय तह छनौट गरेर सूची तयार पारिएको स्वास्थ्य निर्देशनालयका शाखा अधिकृत नगेन्द्र पौडेलले बताउनुभयो ।

उत्कृष्ट व्यवस्थापन गर्नेमा पर्वतको जलजला गाउँपालिका, कास्कीको पोखरा महानगरपालिका, बागलुङको बागलुङ नगरपालिका, मुस्ताङको घरपझोङ्ग गाउँपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका, तनहुँको देवघाट गाउँपालिका, लमजुङको सुन्दरबजार नगरपालिका, मनाङको चामे गाउँपालिका, गोरखाको आरुघाट गाउँपालिका र नवलपुरको देवचुली नगरपालिका रहेका छन् ।

महामारीको समयमा क्वारेन्टाईन व्यवस्थापन, संक्रमितको उपचार तथा उद्धार महामारी रोक्नका लागि गरिएको प्रयासलगायतका सूचकको आधारमा उनीहरुको मुल्यांङकन सदरमुकाममा रहेका स्वास्थ्य कार्यालयहरुले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार