कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट वडाध्यक्षको मृत्यु भएको छ । कैलालीको गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष ६३ वर्षीय नरेन्द्रबहादुर शाहको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

नगरपालिकाका प्रवक्तासमेत रहेका शाहको हिजो बेलुकी मृत्यु भएको नगरपालिकाकी उपप्रमुख अञ्चला चौधरीले जानकारी दिइन् । तत्कालीन नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित शाहको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको थियो । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार