गुल्मीमा जिप दुर्घटना हुँदा २ जना घाइते

गुल्मी ।गुल्मीमा आइतबार दिउँसो जिप दुर्घटना हुँदा २ जना घाइते भएका छ्न् । जिल्लाको सेउवाबाट बुटवलतर्फ जाँदै गरेको लु१ ज ३९०९ नम्बरको जिप रेसुङ्गा नगरपालिका ४ को अर्खले भन्ने स्थानमा दुर्घटना हुँदा २ जना घाइते भएका हुन । घाइते हुनेमा इस्मा गाउँपालिका १ कि ३६ वर्षीया शान्ता बीसी र रुपन्देहीको कन्चन गाउँपालिका ४ हटैयाकी कमला क्षेत्री रहेका छन् ।

उनीहरुलाई केहीबेर अघि उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी प्रबीण कुमार श्रेष्ठले जानकारी दिए । बिपरित दिशाबाट आउँदै गरेको मोटर साइकललाइ बचाउँन खोज्दा जिप सडकमा पल्टिएको जनाइएको छ । जिपमा बालबालिका सहित १० जना सवार थिए । चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दियो । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार