गोरखामा नगदसहित ३४ जुवाडे पक्राउ

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले गएराति ३४ जनालाई पक्राउ गरेको छ । चाडपर्वमा हुनसक्ने सम्भावित घटना, आपराधिक क्रियाकलापका गतिविधिलाई मध्यनजर गर्दै प्रहरीले शंकास्पद ठाउँमा छापा मारेर गएराती ३४ जना जुवाडेलाई पक्राउ गरेको हो ।

गोरखाको सिरानचोक गाउँपालिका ७ को नयाँसाँघुबाट कौडा र १ लाख ७५ हजार रुपैँया नगदसहित ३४ जुवाडेलाई पक्राउ गरिएको जिप्रका गोरखाका प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए ।

प्रकाउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतमा राखिएको र थप कारवाहीको प्रक्रिया अघि बढाएको एसपी गुरुङले बताए ।

गएराती इलाका प्रहरी कार्यालय जौबारीका प्रहरी प्रमुख ईश्वर लौडारीको नेतृत्वमा छापा मारेको प्रहरी टोलीले ३४ जना जुवाडेलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय गोरखामा बुझाएको हो । यसअघि पनि गोरखा प्रहरीले गोरखा नगरपालिका वडा नम्बर ४ फिनामबाट ९ जना जुवाडेलाई ४६ हजार नगद र कौडासहित पक्राउ गरेको थियो । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार