तलब बुझ्न निस्किएका प्रधानाध्यापक मृत भेटिए

काठमाडौं । दार्चुलामा एक प्रधानाध्यापकको शव फेला परेको छ। मंगलबार बिहान शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरस्थित शिवपुरीधाम नजिकै अन्दाजी ४० वर्षीय गोविन्द घरेडीको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दका अनुसार उनको टाउकोमा चोट लागेको हो। उनी बैतडी डिलाशैनी गाउँपालिका-२ का डाँडाबाग प्राथमिक विद्यालयका प्रधानाध्यापक हुन्।प्रहरी निरीक्षक चन्दका अनुसार उनी सोमबार विद्यालयमा तलब बुझ्न भनि निस्किएका थिए। मंगलबार बिहान उनको शव फेला परेको हो।

अहिले प्रहरीको टोलीले मुचुल्का उठाइरहेको उनले बताए। तलब बुझ्नलाई निस्किएका थिए। उनको टाउकोमा सानो चोट छ घोप्टो परेको अवस्थामा शव फेला परेको हो,प्रहरी निरीक्षक चन्दले भने,हत्या नै त कसरी भनौं। मुचुल्का उठाउने काम लगभग सकिसकेको छ। पोष्टमार्टम गरेपछि मृत्युको कारण खुल्ला। प्रहरीले यस घटनामा थप अनुसन्धान अघि बढाएको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार