त्रिवि शिक्षण अस्पतालमा २० वर्षीय संक्रमितको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । रामेछापका ती पुरुषको गएराति मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्रिवि शिक्षण अस्पतालका कोरोना फोकल पर्सन डा.सविन थपलियाका अनुसार ती पुरुषमा मधुमेह र मिर्गौलाको समस्या पनि थियो । स्वाथ्यमा समस्या भएपछि आफन्तले अस्पताल ल्याएको र हिजो उनमा कोरोना पुष्टि भएको थियो ।

आइसियूमा राखेर उपचार गरिए पनि उनको गएराति नै मृत्यु भएको अस्पतालले जनाएको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार