देशभर थप १४७७ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७७ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ९८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ७३ हजार ४ सय ३० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ भने देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २ सय २१ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार