देशभर थप १,९४६ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ४६ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ७० हजार ६ सय ३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु भएको छ भने देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २ सय १५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार