देशभर थप २,१११ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ११ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा २१११ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ३७ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ६८ हजार १ सय २९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु भएको छ भने देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २ सय २ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार