देशभर २९०९ जना कोरोना संक्रमित थपिए, कोरोनाबाट मृत्यु हुनेको संख्या १०७० पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९०९ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १५३ जनाको पीसीआर परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४५ सय जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ।

हाल देशभर ३४ हजार ९०५ जना सक्रिय संक्रमित रहेको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमण निको हुने दर ८१ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ भने देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १०७० पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार