नेकपा म्याग्दीका सचिव श्रेष्ठ सहित परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि

बेनी । नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठ सहित परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार साँझ सचिव श्रेष्ठले सामाजिक सञ्जाल फेसबुक मार्फत आफु लगायत श्रीमति ,भाई र दुई छोरीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।

साथै उहाँले पछिल्लो समय आफुसंग सम्पर्कमा आएका सबैलाई सुरक्षा सावधानी अपनाउन समेत आग्रह गर्नुभएको छ । संक्रमितको कन्ट्याक्ट् ट्रेसिङको आधारमा स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हाे। आफु लगायत परिवारका संक्रमित सदस्य सबैको स्वास्थ्य अवस्था सामान्य रहेका जानकारी गराउनुभएको छ ।https://www.facebook.com/harikrishna.shrestha.904/posts/3414441385289500

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार