नेपालमा कोरोना अपडेट : थप २९३३ जनामा कोरोना संक्रमण पुष्टि, २४को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २९३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये महिला ११७६ र पुरुष १७५७ जना गरी २९३३ जना रहेका छन् ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ । यस्तै पछिल्ले २४ घण्टामा ३१५० जना निको भएका छन् । यो संगै हालसम्म देशभर निको हुनेको संख्या १ लाख ३७ हजार ९९२ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २४ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको छ । सक्रिय संक्रमित ३७ हजार ५२४ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार