नेपालमा कोरोना संक्रमणबाट थप १९ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४५४ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा देशभर १३८० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ३० हजार ७२३ पुगेको छ।

यस्तै बितेको २४ घण्टामा थप ५१५ निको भएपनि कुल निको हुने संख्या २ लाख ११ हजार १८६ पुगेको छ । यसैगरी हाल देशभर सक्रिय संक्रमित १८ हजार ८३ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार