पछिल्लो २४ घण्टामा थप १६१४ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय १४ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ भने देशभर सक्रिय संक्रमित १६ हजार ७ सय ९३ रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ३७ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ भने देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ४ सय १२ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार