पछिल्लो २४ घण्टामा थप १६६९ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ६९ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २० हजार १ सय ६६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ५ हजार ६ सय ९९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ भने देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय २१ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार