पछिल्लो २४ घण्टामा थप २१०३ जनामा कोरोना संक्रमण, देशभर २८ हजार १०६ सक्रिय संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ३ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ भने सक्रिय संक्रमितको संख्या २८ हजार १ सय ६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ५८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ८५ हजार ६ सय ३८ पुगेको छ । हालसम्म कोरोना निको हुने दर ८६.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ भने देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ७६ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार