पर्वतको जलजलामा १० शैयाको अस्पताल भवन शिलान्यास

बेनी । पर्वतको जलजला गाउँपालिकामा दश शैयाको अस्पताल भवन शिलान्यास गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माका अनुसार गाउँपालिकाको वडा नम्बर ३ स्थित माझफाँट स्वास्थ्य चौकी परिसरमा १० शैयाको अस्पताल निर्माण गर्न लागिएको हो ।

अस्पताल भवनको गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्ल ‘रामकृष्ण’ले एक कार्यक्रमका बिच सोमबार शिलान्यास गर्नुभएको हो । उहाँले अस्पताल निर्माण संगै गाउँपालिकाबासीलाई स्वास्थ्य सेवा लिन सहज हुने बताउनुभयो । समयमै भवन निर्माण सम्पन्न गर्न गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष मल्लले बताउनुभयो ।


दश रोपनी क्षेत्रफलमा अस्पताल निर्माण गर्न लागिएको गाउँपालिकाले जनाएको छ । संघिय सरकारले एक स्थानीय तह एक अस्पताल योजना अन्र्तगत छनौट गरेको योजनालाई गाउँपालिकाले कार्यान्वयनमा अघि बढाएको हो ।

स्थानीय तहसम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सरकारले सातै प्रदेशमा एकैपटक तीन सय ९६ स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास गर्ने घोषणा गरेको थियो। ५, १० र १५ सय्या अस्पताल निर्माण गर्न सरकारले देशभर एकैपटक शिलान्यास कार्यक्रम तय गरेको हो। शिलान्यास कार्यक्रममा वडा अध्यक्षहरु तथा गाउँपालिकाका कर्मचारहरु ,स्थानीयबासीहरु लगायतको उपस्थिती रहेकोे थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार