पोखरामा थप दुई संक्रमितको मृत्यु

काठमाडौं । कास्कीको पोखरामा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माका अनुसार पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा एकजना र कास्की सेवा अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मणिपाल शिक्षण अस्पतालमा पोखरा महानगरपालिका– १३ का ६६ वर्षीया महिलाको बुधबार राति ९ः३० बजे मृत्यु भएको उनले बताए । उनीमा मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै लमजुङको मध्यनेपाल नगरपालिका–७ का ८७ वर्षीया कोरोना संक्रमित महिलाको बुधबार राति मृत्यु भएको डा.शर्माले बताए । उनीमा मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।अनलाइनखबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार