प्रसूतिगृहमा जन्मिएका दुई बच्चामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौंको प्रसूतिगृहमाजन्मिएको २ जना बच्चामा कोरोना संक्रमण देखिएको छ । जन्मिदा सामान्य रुपमा जन्मिएको बच्चा डिस्चार्ज गरेर घर लगेपछि उनीहरुमा संक्रमण देखिएको अस्पतालका उपनिर्देशक डा.श्रीप्रसाद अधिकारीले जानकारी दिए । अहिले उनीहरुको होम आइसोलेसनमा उपचार भइरहेको छ ।

कोरोना संक्रमित आमा जन्माएका २ बच्चामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । आमासँगको सम्पर्कका कारणले बच्चामा कोरोना सरेको हुनसक्ने अधिकारीले जानकारी दिए। श्वासप्रश्वासबाट मात्र कोरोना सर्ने भएकोले बच्चालाई दूध चुसाउदा कम हेरचाह गर्दा सरेको हुनसक्ने उनले बताए ।nagarikkhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार