बागलुङबाट काठमाण्डौं उडेको हेलिकप्टरमा चरा ठोक्किदाँ दुर्घटना

काठमाडौं । बागलुङबाट काठमाडौंका लागि उडेको हेलिकप्टरमा चरा ठोक्किएपछि नुवाकोटमा आकस्मिक अवतरण गरेको छ । क्याप्टेनसहित ६ जना सवार रहेको हेलिकप्टर नुवाकोटको बेलकोटगढीमा अवतरण गरेको हो ।

आकस्मिक अवतरण गरेको हेलिकप्टरमा सवार सबैको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । बागलुङको गल्कोटबाट उक्त हेलिकप्टर काठमाडौंको लागि उडेको थियो ।

चरा ठोक्किएपछि हेलिकप्टरमा क्षती पुगेको छ । चालकको सावधानीले सबैजना सामान्य अवस्थामा अवतरण गरेका छन् । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार