बुधवार देखी बेनीमा लकडाउन खुल्ने

बेनी । म्याग्दी सदरमुकाम बेनीमा जारी लकडाउन भोलि बुधवार देखि खुल्ने भएको छ । तत्काल समुदाय स्तरमा कोेरोनाकोे जोखिम नभएको पाईएकाले बन्दाबन्दीलाई खुला गर्ने निर्णय भएकोे प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदीले बताउनुभयो ।

बेनी नगरपालिकाले गरेको सिफारिसका आधारमा मंगलबार बसेको डिसिसिएमसिको वैठकले भोलिबाट सेवा र बजार खुल्ला गर्ने निर्णय गरेको हो ।बजारमा कोरोनाको जोखिम बढेको भन्दै गत १४ गतेबाट बेनी नगरपालिका भित्रका अत्यावश्यक वाहेकका सबै सेवा र बजार एक हप्ताका लागि बन्द गराईको थियो । बन्दलाई २१ गते पुन: थप गरि २८ गते सम्म पु¥याइएको हो ।

बन्दका विचमा स्वास्थ्यकर्मी सहितको टोलिले बजारमा स्वास्थ्य अवस्था, जनस्वास्थ्यका मापदण्ड पालना गरे नगरेको र मापदण्ड पालना गर्न अनुरोध गरेको बेनी नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार