बेनीमा कोरोना संक्रमितको खोजी अभियान सुरु,जनप्रतिनिधि र स्वास्थ्यकर्मी परिचालन

बेनी । जिल्लाको सदरमुकाम बेनी बजारमा कोरोना संक्रमित खोजी अभियान सुरु गरिएको छ । आइतबार बेनी नगरपालिका,डिसिसिएमसी र स्वास्थ्य कार्यालय सहितको टोलीले घरघरमा पुगेर कोरोना संक्रमितको खोजी गर्नुका साथै जनचेतनामुलक सन्देश प्रवाह गर्ने अभियानको थालनी गरिएको हो ।

बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्साल सहितको स्वास्थ्यकर्मीको टोलीले बजारका घरघरमा पुगेर स्वास्थ्य अवस्थाको जानकारी लिने,जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न सपथ खुबाउने लगायतका सचेतनामुलक कार्यक्रम गरेको छ ।

विभिन्न कारणले कतिपय संक्रमितहरु स्वास्थ्यकर्मीको पहुँच भन्दा बाहिर रहेको हुनसक्ने भएकाले जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोलीले घरघरमा पुगेर प्रत्येकको नागरिकको स्वास्थ्य अवस्थाका वारेमा जानकारी लिन अभियानको थालनी गरिएको बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले बताउनुभयो ।

अभियानका क्रममा घरघरमा संक्रमित छनकी छैनन् । संक्रमण लुकाएर बसेका छनकी भनेर खोजी गर्ने अभियान भएको प्रजिअ अधिकारीले बताउनुभयो । यो अभियान नेपालमै पहिलो भएको उहाँले बताउनुभयो । नगरका वडा नम्बर ७ र ८ मा दुई टोली बनाएर प्रत्येकका घरघरमा पुगिने नगरपालिका स्वास्थ्य संयोजक लिला गौतमले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार