बेनीमा थप एक हप्ता लकडाउन गर्न सिफारिस

बेनी । म्याग्दीको बेनी नगरपालिकाले थप एक हप्ताका लागि लकडाउन गर्न डिसिसिएमसीलाई सिफारिस गरेको छ । शुक्रबार नगर प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले बजारमा कोरोना भाइरस संक्रमण फैलिने जोखिम अझै रहेको भन्दै थप एकहप्ताका लागि नगरपालिका क्षेत्र भित्रमा अत्यावश्यक बाहेकका सवै सेवाहरु बन्द गर्ने नगरको निर्णय सहित डिसिसिएमसीलाई सिफारिस पठाइएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिनुभयो ।

समुदायमा कोरोना संक्रमण फैलिनबाट रोक्न एकहप्ता समय थपिएको उहाँले बताउनुभयो । शुक्रबार बस्ने डिसिसिएमसीको वैठकबाट निर्णय भएमा आजै रातीबाट लागू हुने छ । एकहप्ता अगाडी गरिएको बन्द आज राती १२ बजे सकिँदै छ ।

गत विहिवार बेनीमा कोरोना संक्रमणका कारण एकजना पुरुषको मृत्यु भएपछि थप जोखिम बढेको भन्दै सजगता र सतर्कता अपनाइएको हो । मृतकको सम्पर्कमा रहेका व्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ गर्दा ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार