बोक्सीको आरोपमा ३ महिलालाई कुटपिट गर्ने ३ जना पक्राउ

दाङ । प्रहरीले बोक्सीको आरोपमा महिलालाई गालीगलौज र कुटपिट गर्ने तीन जनालाई पक्राउ गरेको छ। बोक्सीको आरोप लगाउने र महिलामाथि कुटपिट गर्ने दुई फरक घटनामा संलग्न तीन आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।

कात्तिक १५ गते राति मदिरा सेवन गरेर तुलसीपुर उपमहानरपालिका वडा नं. ५ निवासी ३० वर्षीया एक महिलालाई संगीत नगर टोलका देबहादुर परियारले बोक्सी भन्दै गालीगलौज र हातपात गरेको आरोपमा प्रहरी पक्राउ गरेको छ। पीडित महिलाले दिएको जाहेरीका आधारमा परियारलाई पक्राउ गरिएको डीएसपी सुमित खड्काले जानकारी दिएका छन्।

त्यसैगरी कात्तिक २१ गते घोराही उपमहानगरपालिका वडा नं. १६ निवासी दुई महिलालाई बोक्सीको आरोप लगाउँदै गालिगलौज गर्ने थप दुई महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ। स्थानीय ४५ वर्षीया नौमती महरा र २८ वर्षीया दीपा बाठा मगरले धामी झाँक्रीको भेषमा काम्दै ती दुई महिलाको घरमै पुगेर बोक्सी भन्दै गाली गलौज गरेको पीडितले जाहेरीमा उल्लेख गरेका छन्। दुबै घटनामा पक्राउ परेकाहरू माथि थप अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार