मंगला गाउँपालिकामा अस्पताल भवन शिलान्यास

बेनी। म्याग्दीको मंगला गाउँपालिकामा १५ सय्याको अस्पताल भवनको शिलान्यास गरिएको छ । सोमबार मंगला गाउँपालिका –५ अर्मन स्वास्थ्य चौकी परिसरमा गाउँपालिका अध्यक्ष सतप्रसाद रोका मगरले अस्पताल भवनको शिलान्यास गर्नुभएको छ ।

संघिय सरकारले एक स्थानीय तह एक अस्पताल योजना अन्र्तगत छनौट गरेको योजनालाई गाउँपालिकाले कार्यान्वयनमा अघि बढाएको हो । गाउँपालिकाले स्वास्थ्य चौकीको नजीकै ९ रोपनी क्षेत्रफलमा १५ सय्याको अस्पताल निर्माण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले जानकारी दिनुभयो ।

स्थानीय तहसम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सरकारले सातै प्रदेशमा एकैपटक तीन सय ९६ स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास गर्ने घोषणा गरेको थियो। ५, १० र १५ सय्याको अस्पताल निर्माण गर्न सरकारले देशभर एकैपटक शिलान्यास कार्यक्रम तय गरेको हो ।

अस्पतालल भवन शिलान्यास कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसी लगायत गाउँपालिकाका कर्मचारी, वडाका जनप्रतिनिधि र स्थानीयबासीहरुको समेत सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार