महोत्तरीमा ट्याङ्करले ठक्कर दिँदा एक जनाको मृत्यु

जनकपुरधाम । महोत्तरीमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। बिराटनगरबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ३९२१ नम्बरको तेल बोक्ने ट्याङ्करले ग ९ प ५३२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी सवार सिन्धुली तीनपाटन गाउँपालिका १० का २६ वर्षीय आशालाल परियारको मृत्यु भएको हो।

ठक्करबाट घाइते भएका उनलाई बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचारका लागि पठाइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक २१ वर्षीय रितबहादुर परियार सकुशल छन्। उनी आशालालका भाइ हुन्।

ट्याङ्कर, चालक नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले सेतोपाटीलाई बताए। शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल लैजाने तयारी रहेको प्रहरीको भनाइ छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार