माइतीघरमा भारतीय सेनाध्यक्ष नरवणे भ्रमणको विरोध

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलमा भारतविरूद्ध प्रदर्शन भएको छ।भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपालको तीन दिने औपचारिक भ्रमणमा आएकै दिन आज दिउँसो माइतीघरमा प्रदर्शन भएको हो।

विभिन्न २१ दलले गरेको प्रदर्शनका सहभागीले ‘गो ब्याक इन्डिया’ लगायत नारा लगाएका थिए।सन् १९५० लगायतमा भएका असमान सन्धी खारेज गर्न पनि उनीहरूले माग गरेका थिए।प्रदर्शनकारीले भारतीय सेनाध्यक्ष नरवणेविरूद्ध पनि प्रदर्शन गरेका थिए।

नरवणे कालापानी(लिपुलेक सीमाबारे बोलेका कारण आलोचित छन्। उनले चीनको उक्साहटमा नेपालले सो सीमा विवाद निकालेको दाबी गरेका थिए । भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथी सम्मान गरिँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट नरवणेलाई बिहीबार मानार्थ महारथी सम्मान दिने कार्यक्रम तय भएको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार