माटोको ढिस्कोले पुरेर एकको मृत्यु ,दुई घाइते

धनुषा । धनुषाको बटेश्वर गाउँपालिका वडा नं ४ मा माटोको ढिस्कोले पुर्दा एक महिलाको मृत्यु भएको छ । प्रहरी चौकी बटेश्वरका अनुसार आज बिहान माटोको ढिस्कोमा परी ३५ वर्षीया सुनितादेवी रविदाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा १४ वर्षीया मधुकुमारी ठाकुर र सोही उमेरका रिनादेवी ठाकुर रहेकी छिन् । गम्भीर घाइतेको प्रादेशिक अस्पाल जनकपुरमा उपचार भइरहेको जनाइएको छ । दीपावलीका लागि घर लिपपोत गर्नका खेतमा माटो लिने क्रममा ढिस्को खस्दा च्यापिएर सुनिता देवीको मृत्यु भएको बताइएको छ ।रातोपाटी/रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार