मालिका गाउँपालिकामा अत्याबश्यक बाहेकका सेवा बन्द

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिकाले गाउँपालिकाको केन्द्र दरबाङमा एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका अन्य सबैखाले सेवाहरु एक साताको लागि बन्द गरेको छ । गाउँपालिकाको वडा नम्बर ६ दरबाङमा बसोबास गर्ने एक पूरुषमा कोरोना संक्रमण पुष्टि भएसंगै गाउँपालिकाले कात्तिक २० देखि कात्तिक २८ गतेसम्म कार्यालयको अत्याबश्यक र आन्तरिक काम बाहेकको अन्य सेवा प्रवाह बन्द गरेको प्रमुख प्रशासकिय अधिकृत सूर्य विश्वकर्माले जानकारी दिनुभयो ।

गाउँपालिकाले कोरोना संक्रमितको सम्पर्कमा रहेकाहरुलाई समेत होम क्वारेनटाइन र आइसोलेसनमा रहेर संक्रमण फैलनबाट रोक्न अनुरोध गरेको छ । सो अवधिमा दरबाङमा सञ्चालित बैंक तथा वित्तीय संघसंस्था र सहकारीबाट प्रदान गरिने सेवा समेत बन्द हुने भएका छन् ।

अत्यावश्यक सेवा उपलब्ध गराउने पसलहरु विहान ६ बजेदेखि १० बजे, बेलुकी ४ देखि ७ बजेसम्म खुल्ला, औषधी पसल नियमित खुल्ला हुने मालिका गाउँपालिका–६ दरबाङका वडा अध्यक्ष सन्तनाथ सुबेदीले जानकारी दिनुभयो । उहाँका अनुसार मास्क नलगाई दरबाङ बजारमा प्रवेश गर्नेलाई १ सय जरिवाना गर्ने निर्णय भएको छ ।

गाउँपालिकाले कोरोनाको संक्रमण फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै अत्याबश्यक काम बाहेक घरबाहिर ननिस्कन र स्वास्थ्य सुरक्षाका मापदण्डहरुलाई पालना गर्न अपिल समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार