मेक्सिकोमा एक दिनमा थपिए ६,७१९ जना संक्रमित

काठमाडौँ। मेक्सिको शनिबारमा एकैमा दिनमा ६ हजार ७ सय १९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँग मेक्सिकोमा कोरोना भाइरस कुल संक्रमितको संख्या १० लाख ३२ हजार ६ सय ८८ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा मेक्सिकोमा कोरोना भाइरस संक्रमणको कारण ५ सय ५० व्यक्तिको मृत्यु भएको छ । हालसम्म मेक्सिकोमा कोरोना भाइरसको कारण १ लाख १ हजार ३ सय ३७ व्यक्तिको मृत्यु भइसकेको छ । शनिबारसम्म ७ लाख ७४ हजार ९ सय ३० व्यक्ति कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । नागरिक खबर/एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार