मौवाफाँटमा प्रहरी चौकीको भवन शिलन्यास

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा प्रहरी चौकीको नयाँ भवन निर्माण सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ३ स्थित मौवाफाँटमा स्थानीयले निशुल्क जग्गा दान गरेपछि बुधबार प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले भवनको शिलन्यास गर्नुभएको हो ।

हिरासत कक्ष, ब्यारेक र मेस, कार्यालय ब्लक सहितको प्रहरी चौकीबाट प्रदान गरिने सबै सेवासुविधा सहजै उपलब्ध हुने गरी भवनको शिलन्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले प्रहरी चौकीको स्थापनाले शान्ति सुरक्षा कायम गर्न सहज हुने बताउनुयो ।

उहाँले जग्गादाताहरुको सहयोगले भवन निर्माण गर्न लागिएको बताउनुहुँदै समयमै निर्माण सम्पन्न गर्न गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । प्रहरी चौकीको स्थापनाले शान्ति सुरक्षासँगै वित्तिय संस्थाको आगमन लगायत विभिन्न पक्षमा सहयोग पुग्ने अध्यक्ष भण्डारीको भनाई थियो। प्रहरी चौकीमा संरचना अभाव हुँदा प्रहरीलाई कार्यसम्पादनमा समस्या भइरहेको अवस्थामा सुविधासम्पन्न भवनले सहज हुने प्रनाउ कुँवरले बताउनुभयो ।

????????????????????????????????????

भवन निर्माण भएपछि प्रहरीलाई कार्यसम्पादन लगायतमा सहज हुने बताउनुहुँदै डिएसपी कुँवरले जग्दादातारुलाई धन्यवाद तथा आभार व्यक्त गर्नुभयो ।स्रोत र साधन प्रयोग गरी गाउँपालिका भित्र शान्ति सुरक्षा कायम गर्न समुदायसँगै सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो ।

१ करोड ८७ लाख ६२ हजार ८४६ रुपैयाँको लागतमा निर्माण हुने भवन निर्माणको जिम्मा जयन्द्र श्रेष्ठ निर्माण प्रालिले जिम्मा पाएको छ । तीन रोपनी क्षेत्रफलमा बन्न लागेको भवन १३ कोठेको साढे दुई तले बन्ने छ । प्रहरी निरिक्षक दिपेन्द्रकुमार श्रेष्ठका अनुसार एकबर्षभित्र भवन निर्माण सम्पन्न गर्ने सम्झौता रहेको छ ।

कार्यक्रममा सामाजिक विकास समिति संयोजक एवम वडा नं ३ का अध्यक्ष जिवन कुमार मल्ल, गापा प्रमुख प्रमुख प्रशासकिय अधिकृत अमृत सुबेदी, जग्गा ब्यवस्थापन संयोजक मुकुन्द प्रसाद शर्मा, जग्गादाता प्रेमनाथ शर्मा, तारानाथ शर्मा, विरबहादुर विश्वकर्मा र मिठु खत्री लगायत स्थानीय आमा समुह, यूवा क्लवका प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार