म्याग्दीमा मृत्यु पछि एक जनामा कोरोना संक्रमण पुष्टि

बेनी । म्याग्दीमा मृत्यु पछि एकजनामा कोरोना पुष्टि भएको छ । जिल्लाको रघुगंगा गाउँपालिका १ ठेगाना भई पर्वतको जलजला गाउँपालिका– २ बौरमा वस्ने वर्ष ८४ का एक वृद्धमा मृत्यु पछि कोरोना पुष्टि भएको हो । कोरोनाको लक्षण सहित ४ दिन अगाडि बेनी अस्पतालमामा उपचारका लागि आएका पुरूषको पिसिआर परिक्षण गर्न स्वाव लिईएको थियो ।

कोरोना संक्रमणका कारण गम्भीर विरामी भएका उनको थप उपचारका लागि पोखरा रिफर गरिएको भए पनि अस्पताल नपुर्याउदै मंसिर ६ गते बाटोमै ज्यान गएको थियो ।सोमबार मात्र उनको कोरोना पोजेटिभ आएको छ । यो संगै म्याग्दीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार