म्याग्दीमा ११ जनामा कोरोना संक्रमण पुष्टि

बेनी । म्याग्दीमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालका अनुसार संक्रमित हुनेमा तनहुँ ठेगाना भई हाल अन्नपूर्ण २ वस्ने वर्ष ४९ को पुरूष १, अन्नपूर्ण वडा नम्बर ३ ठेगाना भएका वर्ष ५४ र ४५ का पुरूष १ र महिला १, मुस्ताङ ठेगाना भई हाल तातोपानी बस्ने वर्ष ३६ की एक महिला , अन्नपूर्ण २,३ र ८ ठेगाना भएका वर्ष ५०, २७ र ३७ का ३ पुरूष ,बैतडी ठेगाना भई हाल रघुगंगा बस्ने वर्ष २६ का १ पुरुष ,गुल्मी र रूपन्देही घर भई हाल बेनी बस्ने वर्ष ३३ र ३४ का महिला १ र पुरूष १, बेनी १० ठेगाना भएका पुरूष १ जना गरि जम्मा ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
यो पनि…

https://myagdinews.com/2020/11/%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a5%af-%e0%a4%9c%e0%a4%a8%e0%a4%be-%e0%a4%95%e0%a5%8b%e0%a4%b0%e0%a5%8b%e0%a4%a8%e0%a4%be-%e0%a4%b8/

मोरङ ठेगाना भई हाल निलगिरी हाईड्रोमा कार्यरत वर्ष २९ का १ जना पुरूष पनि पोखराबाट संक्रमण पुष्टि। कन्याक्ट ट्रेसिङ र शंकास्पद बिरामीहरूको २७ जनाको नमुना स्वाब संकलन गरि पिसिआर परिक्षणको लागि पोखरा पठाइएको थियो । निमित्त प्रमुख लम्सालका अनुसार म्याग्दीमा संक्रमितको संख्या १४५ जना पुगेको छ । भने सक्रिय संक्रमित १७ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार