म्याग्दी नदीमा बेपत्ता किशोरको तीन दिनपछि शव फेला

म्याग्दी । म्याग्दी नदीमा डुबेर बेपत्ता भएका मंगला–५ टिकावाङका १६ वर्षीय शंकर विकको शव बुधबार बिहान तीन दिनपछि फेला परेको छ ।नदीमा डुबेर बेपत्ता भएका टिकावाङका १६ वर्षीय शङ्कर विकको शव वुधवार बिहान फेला परेको हो ।

पोखराबाट आएको सशस्त्र प्रहरीको गोटाखोर टोलीले तलाउबाट विकको शव निकालेको हो । गोताखोरको टोली मंगलबार बेलुका घटनास्थलमा पुगेको र बुधबार विहान करिब १ घण्टाको प्रयासमा बेपत्ता युवाको शब पानीबाट निकालिएको शसस्त्र प्रहरी निरिक्षक जिसीले जानकारी दिनुभयो ।

छिसबाङस्थित म्याग्दी नदीमा सोमबार पौडी खेल्ने क्रममा विक बेपत्ता भएका थिए । करिब १५ फिट गहिरो तलाउबाट शव निकालिएको थियो ।जनपथ प्रहरी र स्थानीयले खोजी गर्दा नभेटिएपछि गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमार्फत गोटाखोर टोली मगाइएको थियो ।

‘वेपत्ता किशोरको प्रहरी र स्थानीयबासीबाट खोजीकार्य हुँदा समेत केहि पत्ता नलागेपछि गृहमन्त्रालयसंगको समन्वयमा तत्कालै गोताखोर टोली झिकाएर खोजी गरि सब फेला पार्न सकिएको हो,’ प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भन्नुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार