रामेछापमा दुर्घटनामा हुँदा १ जनाको मृत्यु

काठमाडौं । रामेछापको मन्थली नगरपालिका–१ एक्लेबरमा मालवाहक डिब्बा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रदेश–३–१–००६ ख ३२० नम्बरको मालबाहक डिब्बा दुर्घटना हुँदा चालक प्रदिप कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी बसन्त पाठकले बताए ।

सो डिब्बा भ्यान दोलखाबाट ओखलढुंगातर्फ सामान लिएर जाँदै थियो । सडकबाट करिब ५० मिटर तल गाडी खसेको छ । चालक प्रदिप कार्की उदयपुर कटारी नगरपालिका–४ का स्थानिय हुन् । ३२ वर्षीय कार्कीको उपचारका क्रममा तामाकोशी अस्पताल मन्थलीमा मृत्यु भएको डिएसपी पाठकले जानकारी दिए । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार