रौतहटका पुजारीको हत्या गर्ने प्रतिवादीहरू पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । रौतहटमा पुजारीको हत्या गर्ने प्रतिवादीहरू पुर्पक्षका लागि कारागार चलान भएका छन्। माधवनारायण नगरपालिका-२ खैस्रैया चोकको हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्री राम साहको हत्या गर्ने प्रतिवादीहरू कारागार चलान भएका हुन्।

पुजारी साहको हत्या गर्ने गोनाही नगरपालिका-१ करूनियाका ३६ वर्षीय राम नरेश पटेल र २८ वर्षीय जयनारायणरबालकुमार भन्ने जयनारायण राउत पटेल थिए। उनीहरूलाई बुधबार जिल्ला अदालत रौतहटले थुनामा पठाउन आदेश दिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डिएसपी) भरत श्रेष्ठले जानकारी दिए। ‍

उनीहरूले भदौ ३ गते राति साढे आठ बजे पुजारी साहको कञ्चटमा गोली प्रहार गरी फरार भएका थिए। पुजारीको लेनदेनको विषयमा विवाद हुँदा हत्या भएको थियो। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार