रौतहटमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका बसन्तपुरमा ट्रकको ठक्करबाट एक महिलाको ज्यान गरेको छ । चन्द्रनिगाहपुराबाट गौर जान लागेको ना ३ ख ५७२२ नम्बरको ट्रकले आज बिहान ठक्कर दिँदा ६५ वर्षीया महिलाको घटनास्थलमै ज्यान गएको हो ।

ट्रकको ठक्करबाट चन्द्रपुर नगरपालिका वडानं ८ मोतीपुरकी ६५ वर्षकी देवकी आचार्यको ज्यान गएको रौतहट प्रहरी प्रमुख एसपी सिद्धीबिक्रम शाहले जानकारी दिएका छन् ।

ठक्कर दिने चालक र ट्रक ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको एसपी शाहले बताए । घटनाबारे आवश्यक अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार