लोक गायक तथा संचारकर्मी बिश्वकर्माको ‘हेर्छु डाँडै बाट’को म्युजिक भिडिओ सार्बजनिक

बेनी । लोक गायक तथा संचारकर्मी अमित बिश्वकर्माको ‘हेर्छु डाँडै बाट’ को म्युजिक भिडिओ सार्बजनिक भएको छ । गायक बिश्वकर्मा र चर्चित लोक दोहोरि गायिका टिका पुनको स्वरमा रहेको गीतको शब्द मौसम केसीले लेख्नु भएको हो । गायक विश्वकर्माकै लय सृजनामा रहेको गीतको भिडिओमा कलाकार सानु, रिया रोका मगर र प्रबिणको अभिनय रहेको छ ।

म्याग्दीका चर्चित डान्सर, कोरियोग्राफर राजकुमार परियारको निर्देशन रहेको सो भिडिओमा कलाकार सन्तोष परियारको सह निर्देशन रहेको छ ।किरण फोटोग्राफिका संचालक किरण कार्कीको छायाँकन तथा सम्पादनमा तयार भएको उक्त गीतको भिडिओ गायक बिश्वकर्माको आफ्नै युटुव च्यानल Amit Bishwokarma बाट सार्बजनिक भएको छ । गायक बिश्ककर्माका यस अघि ठाउँ छ मनै खानि, डाँडा पारि मायाको गाउँ छ, पुग्नै पर्ने ठाउँ, बैँश छदा भएन पैसानि लगाएत दर्जनौ गीतहरु प्रस्तुत भैसकेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार