विराटनगरको नोबेल अस्पतालमा दुई संक्रमितको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।अस्पतालका अनुसार बुधबार बिहान इलामको चुलाचुली–६ की ८४ वर्षीया वृद्धा महिला र झापाको दमक–३ का ६४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार दमको पुरानै समस्या रहेकी इलामकी वृद्धा श्वासप्रश्वासमा समस्या आएपछि मंगलबार भर्ना भएकी थिइन् । सोही दिन उनमा कोरोना पोजेटिभ देखिएको थियो । यसैगरी झापाका ६४ वर्षीय पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको उनले बताए ।

उनी बेलडाँगी शिविरमा बस्दै आएका भुटानी शरणार्थी हुन् । दमको पुरानै समस्या रहेका पुरुषलाई श्वास फेर्न गाह्रो भएपछि कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना हुनअघि नै उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।अनलाइनखबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार