विश्वमा ५ करोड भन्दा बढी कोरोना सङ्क्रमित

काठमाडौं । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरसबाट हालसम्म ५ करोड भन्दा बढी व्यक्ति सङ्क्रमित भइसकेका छन् ।

यस कोरोना भाइरसबाट हालसम्म ५ करोड ४ लाख २ हजार ५५८ सङ्क्रमित हुनुको साथै १२ लाख ५६ हजार २५४ जनाको मृत्यु भएको जोन्स हप्किङ विश्वविद्यायलले सोमबार जानकारी दिएको छ । यसैबीच तीमध्ये ३ करोड ५५ लाख भन्दा बढी कोरोना मुक्त भएका छन् । संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ३७ हजार ११३ जनको मृत्यु भएको छ । अमोरिकामा ९९ लाख ७१ हजार ६५१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

अमेरिकापछि ब्राजिलमा १ लाख ६२ हजार ३९७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । यहाँ ५६ लाख ६४ हजार ११५ कोरोना भाइरस सङ्क्रमित रहेका छन् । भारतमा १ लाख २६ हजार ६११ जनाको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ । यहाँ ८५ लाख ५३ हजार ६५७ कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

मेक्सिकोमा यस भाइरसका कारण ९५ हजार २७ जनाको मृत्यु भएको छ भने ९ लाख ६७ हजार ८२५ जना सङ्क्रमित भएका छन् ।बेलायतमा ४९ हजार १३४ जनाको मृत्यु भएको छ भने ११ लाख ९५ हजार ३५० जनाको कोरोना भाइरस संक्रमित भएका छन् ।चीनमा कोरोना भाइरसबाट ९१ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भए भने ४ हजार ७४१ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो ।एजेन्सी/रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार