वीर अस्पतालमा कार्यरत १६ जना चिकित्सकले दिए सामूहिक राजीनामा

काठमाडौं । वीर अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले निरन्तर पेस गर्दा पनि आफ्ना मागहरू पूरा नभएको भन्दै अस्पतालका निर्देशक डा. केदार सेन्चुरीसमक्ष राजीनामा बुझाएका हुन्। पत्रमा अस्पतालले दसैंको भत्ता नदिएको, तलब दिँदा एकदिनको कटौती गरिएको, हप्ताको ९६ घण्टा काममा खटाइएको उल्लेख छ।

साथै अस्पतालले धम्की दिँदै विभिन्न काममा खटाएको चिकित्सकहरूको भनाइ छ। महामारीका बीच निरन्तर सेवामा खटिँदा पनि अस्पतालबाट हुने यस्तो व्यवहारले मनोबल गिरेको उनीहरूले बताएका छन्। साथै, काममा आवश्यक पर्ने स्वास्थ्य सामग्री पनि अस्पतालले पर्याप्त उपलब्ध नगरेको उनीहरूको गुनासो छ। राजीनामा दिने १६ जना नै आकस्मिक विभागमा खटिएका मेडिकल अधिकृत छन्। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार