स्कुटर सिक्ने क्रममा पर्खालमा ठोक्किएर बुटवल बहुमुखी क्यापम्सका सहप्राध्यापक पौडेलको निधन

बुटवल । बुटवल बहुमुखी क्यापम्सका सहप्राध्यापक डा.शिव पौडेलको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १ का स्थायी बासिन्दा पौडेलको स्कुटर सिक्ने क्रममा आफ्नै घरको पर्खालमा ठोक्किएर मृत्यु भएको हो ।

पर्खालमा ठोक्किएर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । नयाँ स्कुटर खरिद गरेर सिक्ने क्रममा घर अगाडीको पर्खालमा ठोक्किएपछि उनलाइ उपचारका लागि रुपन्देहीको मणिग्रामस्थित क्रिमशन अस्पतालमा लैजादै गर्दा बाटोमै मृत्यु भएको आफन्त हरि पौडेलले बताए ।

लामो समयदेखि बुटवल बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएका पौडेलले असोज १ गतेबाट बुटवल बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुखको जिम्मेवारी पाएका थिए । उनी काशी बिश्वविद्यालय बनारसका नेपाली विभागका प्रध्यापक समेत भएका थिए । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार