स्रोत नखुलेको १६ लाख नगदसहित एक भारतीय पक्राउ

पर्सा । स्रोत नखुलेको रकमसहित वीरगञ्जबाट एक भारतीय पक्राउ परेका छन्। वीरगञ्ज महानगरपालिका-८ माइस्थान चोकबाट स्रोत नखुलेको नेपाली १६ लाख रुपैयाँसहित भारत रक्सौल पूर्वी चम्पारण-१० बस्ने ५० वर्षीय कृष्णकुमार जैनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना६४प ९०५६ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्दा उक्त रुपैयाँसहित फेला जैन पक्राउ परेका हुन्। स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको प्रहरीको भनाइ छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार