स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक पक्राउ

काठमाडौं । स्रोत नखुलेको ४० लाख रुपैयाँसहित काठमाडौंबाट एकजना पक्राउ परेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ४० लाख रुपैयाँ सहित नवलपरासी(पश्चिम) पाल्हीनन्दन गाउँपालिका-२ बस्ने ४० वर्षीय व्यास गुप्तालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

रुपन्देहीको बुटवलबाट काठमाडौंका लागि छुटेको लु१ख ८६५२ नम्बरको यात्रुबाहक बसमा सवार गुप्तालाई महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

बसमा राखिएको झोला र कम्मरपेटीमा लुकाई ल्याएको १ हजार दरका ४ हजार थान नोटसहित गुप्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीको भनाइ छ ।नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार