होम आइसोलेसनमा बसेका ६८ वर्षीय संक्रमितको मृत्यु

चितवन । कोरोना संक्रमणका कारण पूर्वी चितवनमा एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भइ होम आइसोलेसनमा रहेका रत्ननगर नगरपालिका वडा नम्बर १२ जिरौनाका ६८ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय रत्ननगरका अनुसार यही कात्तिक १४ गते पुरानो मेडिकल कलेजमा उपचारका क्रममा स्वाबको नमुना दिएका वृद्धको १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृगौला, मधुमेह र रक्तचापको समस्या भई उपचारका लागि आएका उहाँमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि स्वास्थ्यमा सुधार नआएर घर लएिका र मंगलबार राति ११ बजे मृत्यु भएको हो । यो सँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ७८ पुगेको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार