३० वर्षदेखि फरार अभियुक्त पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले ३० वर्षदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय बाबियाचौरको टोलीले मंगलबार ती अभियुक्तलाई पक्राउ गरेको हो।जिल्ला अदालतले २०४७ पुस २६ गते कैद सजायको फैसला गरेका मानबहादुर सुनारलाई प्रहरीले ३० वर्षपछि पक्राउ गरेको हो। उनीमाथि व्यक्तिलाई कुटपिट गरी अंगभंग बनाएको अभियोग लागेको थियो।

अदालतले उनलाई ८ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।अभियुक्त सुनारलाई बर्दियाको बाँसगढीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।साविकको सालकोट गाविसका ९हाल पञ्चपुरी नगरपलिका–२० का सुनारले २०४६ चैत १३ गते छिमेकी तुलाराम निउरेलाई कुटपिट गरेका थिए।

उनीसहित सहोदर तीन भाइ यो घटनामा संलग्न थिए। जसमध्ये अमरसहित दुई भाई पक्राउ परिसकेका छन् भने एक जना फरार छन् ।उक्त घटनापछि पीडित तुलारामको बायाँ हात र बायाँ खुट्टा चल्न छोडेको उनका छोरा डिल्लीराम निउरेले बताए। उनका अनुसार तीनै भाइलाई अदालतले ८/८ वर्ष कैद सजाय सुनाएको थियो। अदालतको फैसला भएको राति नै कसैलाई थाहा नदिएर उनीहरूको परिवार नै फरार भएको थियो । सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार