ओली बर्खास्त भएपछि नेकपाको नयाँ अध्यक्षमा नेपाल

काठमाडौं ।अध्यक्ष केपी शर्मा ओली बार्टीबाट बर्खास्त भएपछि नेकपाको नयाँ अध्यक्षमा माधव नेपाल चयन हुनुभएको छ । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकले ओलीलाई बर्खास्त गरेको घोषणा गरेसँगै सोही बैठकले पुर्व प्रधानमन्त्री समेत भइसक्नुभएका नेपाललाई नयाँ अध्यक्ष चयन गरेको घोषणा गरेको हो ।

ओलीले एकपक्षीय रुपमा संसद विघटन गरेपछि असन्तुष्ट भनेको प्रचण्ड नेपाल समूहले केन्द्रीय समितिबाट ओलीलाई अध्यक्षबाट हटाएको हो ।वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव अर्का वरिष्ठ नेता झलनाथ खनालले बैठकमा पेश गर्नुभएको थियो ।

सो प्रस्तावलाई सर्वसम्मतिले पारित भएको हो ।बैठकमा नेकपा अध्यक्ष प्रचण्डले ओली सच्चिएर आए फेरि पनि पार्टीमा स्वागत गर्न तयार रहेको बताउनुभयो ।‘केपी ओलीले राष्ट्र, जनता, पार्टीलाई घात भयो भनेर आउनुभयो भने हामी उहाँलाई स्वागत गर्छौं । गल्ती भयो, मैले गल्ती गरेँ, म पश्चाताप गरेर आउन तयार छु भनेर आउनुभयो भने म अहिले पनि स्वागत गर्न तयार छु ’ ,बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार