जलजला गाउँपालिकामा भू–सेवा केन्द्र स्थापना

पर्वत । पर्वतको जलजला गाउँपालिकामा भू–सेवा केन्द्र स्थापना भएको छ।धौलागिरीका स्थानीय तहमै पहिलोपटक स्थापना भएको भु–सेवा स्थानीय तहबाट जनतालाई लिखित पारित,अंशवण्डा,राजिनामा, नामसारी लगायत जग्गा प्रशासन सम्ब्न्धि कामका लागि मालपोत कार्यालयमा पेश गर्नुपर्ने निवेदन र लिखत गाउँपालिकाबाट उपलब्ध हुने गरी सेवा केन्द्र स्थापनाको शुभारम्भ गरिएको छ ।

कार्यक्रममा भू–सेवा केन्द्रको उद्घाटन गर्नुहुँदै गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले सदरमुकाम कुस्मामा रहेका कार्यालयबाट प्रदान हुने सेवाहरु विस्तारै गाउँपालिकाबाटै जनतालाई उपलब्ध गराउन लागिपरेको बताउनुभयो ।

कार्यालय स्थापना भएपछि मालपोत कार्यालयमा व्यक्ति तथा कानुन व्यवसायीमार्फत हुने भू(सेवाको काम स्थानीयतहबाटै हुने भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो। उहाँले केन्द्रवाट उपलब्ध गराइने सेवासुविधाका बारेमा वडा कार्यालयमा समेत आवश्यक कागजपत्र सहित विवरण जनप्रतिनिधिमार्फत जानकारी लिन सकिने बताउनुभयो

प्राविधिक सामाग्री सहित जनशक्तीको ब्यवस्थापन गरी भू–सेवा केन्द्रबाट हुने सेवाका बारेमा समुदायस्तरमा समेत प्रचारप्रसार गरिने बताउनुभयो। अनलाईनमा भएको फारम भरेर प्रिन्ट गरी प्रमाणिकरणका लागि मालपोत कार्यालयमा निवेदन र लिखत पठाउँदा सेवा प्रवाह सहज हुने प्रमुख प्रशासकीय अधिकृत शर्माको भनाई छ।

गाउँपालिकामा सेवा सुरु हुनु अगाडी कर्मचारीहरुलाई भू–सेवाले गर्ने काम गराउनको लागि तालिम समेत दिइएको थियो । भू(सेवा केन्द्रले स्मार्ट मालपोतको अभ्यास हुने गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार