ज्ञानोदय मावि र ताकम माविका दृष्टि विहिन विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिकाको ज्ञानोदय माविमा अध्ययनरत दृष्टि विहिन विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । स्याङजाको चापाकोट नगरपालिका–१ घर भई हाल दुबैमा कार्यरत माया भण्डारीको सहयोगमा रघुगंगा गाउँपालिका वडा नम्बर ३ स्थित ज्ञानोदय माविमा अध्ययनरत १० जना दृष्टिविहिन विद्यार्थीलाई शैशिक सामग्री सहयोग गरिएको हो ।

????????????????????????????????????

सो शैक्षिक सामाग्री मोना साउदीका अध्यक्ष विपिन पौडेलले एक कार्यक्रमका विच मंगलबार विद्यार्थीलाई हस्तान्तरण गर्नुभएको छ । अध्यक्ष पौडेलले शिक्षक र अभिभावकको उपस्थितीमा मंगलबार ज्ञानोदय माविमा अध्ययनरत १० जना विद्यार्थीलाई प्रति विद्यार्थी कापी ,कलम ,झोला ,न्यानो कपडा र स्कुल ड्रेस लगायत शैक्षिक सामाग्री वितरण गर्नुभएको हो ।

माया भण्डारी

यसैगरी जिल्लाको धवलागिरी गाउँपालिका वडा नम्बर ७ .स्थित ताकम माविमा अध्ययनरत ४ जनालाई पनि वितरण गरिने अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।आफ्नो अपिलमा दुबैबाट माया भण्डारीले दृष्टि विहिन विद्यार्थीका लागि पठाउनुभएको सहयोग रकमबाट शैक्षिक सामाग्री खरिद गरेर वितरण गरिएको बताउनुभयो । उहाँले सहयोगप्रति धन्यवाद समेत व्यक्त गर्नुभयो । ताकम माविका ४ जना विद्यार्थी समेत गरी १४ जना विद्यार्थीलाई ४५ हजार रुपैयाँ बढीको शैक्षिक सामाग्री वितरण गरिनेछ ।

????????????????????????????????????

ज्ञानोदय माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारानाथ शर्माले सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले दृष्टिविहिन विद्यार्थीका लागि थप सहयोग गर्न सबैलाई अपिल समेत व्यक्त गर्नुभयो । यसैगरी दृष्टीविहिन श्रोत कक्षाका श्रोत शिक्षिक गणेश सुवेदीले विद्यालयमा पर्याप्त भौतिक संरचना र प्रविधिको अभाव हुँदा दृष्टि विहिन विद्यार्थीलाई पठनपाठनमा समस्या भएको बताउनुभयो ।

????????????????????????????????????

उहाँका अनुसार अहिलेसम्म २७ जना दृष्टिविहिन विद्यार्थीले एसईई पास गरेका छन् भने अहिले विद्यालयमा दश जना अध्ययनरत छन् । विद्यालयका निमित्त प्रअ दुर्गादत्त रिजालको संचालनमा सम्पन्न कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष रमेश सुवेदी लगायतको उपस्थिती रहेको थियो ।

????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार